Likes: 0
सामान्यतया वस्तुहरुको सामुहिक पृथ्वीमा रहेका जिव, जनावर, वनस्पति, हावा, पानी, माटो आदि सम्पुर्ण जैविक तथा अजैविक स्वरुप अस्तित्व र आपसी अन्र्तक्रियालाई वातावरण जनाउदछ भने मानवीय गतिबिधिका कारण संसारका पाँच भौतिक तत्वहरू हावा, पानी, आगो, माटो, आकाश आदिमा हुने बिकृति अर्थात पर्यावरणमा पार्ने प्रभाब र अन्तत पृथ्वीमा भएका प्राणीहरूको स्वास्थ्यमा पार्ने प्रतिकूल असरलाइ प्रदुषण भनिन्छ ।
बृहत शब्दमा व्यक्त गर्दा वातावरण ऐन, २०५३ को दफा २ अनुसार ब्रह्माण्ड प्राकृतिक, साँस्कृतिक र सामाजिक प्रणालीहरु, आर्थिक एवम् मानविय क्रियाकलापहरु र ती अव्ययहरु बीचको अन्र्तक्रिया तथा सम्बन्ध नै वातावरण हो । वातावरणमा ह्रास ल्याउने, क्षति पुर्याउने वा वातावरणको लाभदायी वा उपयोगी प्रयोजनमा हानी नोक्सानी पुर्याउने एवम् नाकारात्मक असर पार्ने गरि सृजित अवस्थालाई वातावरण प्रदुषण भनिन्छ । हाल बिश्वव्यापी रूपमा वातावरणमा प्रदुषण ब्यापक बढ्नुका साथै मावबीय स्वास्थ्यमा प्रत्यक्ष प्रभाब पारिररहेको छ ।
वातावरण प्रदुषणका किसिमहरु
बृहत रुपमा हेर्ने हो भन्ने वातावरण प्रदुषणलाई प्रकृति प्रद्धत प्रदुषण (ज्वालामुखी, आँधी, आगजनी, भु–क्षय) र मानव प्रद्धत प्रदुषणका रूपमा निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।
१) वायु प्रदुषण — हावामा धँवा, धुलो लगायतका अनावश्यक बाहिरी पदार्थ जम्मा हुनाले वायु प्रदुषण हुन्छ । ओजनतहको विनाश, हरितगृह प्रभाव, अम्लीय वर्षा, यातायातका साधन र कलकरखानाबाट निस्केको कार्बन मिश्रीत ग्यास आदि वायु प्रदुषणका उदाहरण हुन् ।
२) जल प्रदुषण — मानव निर्मित फोहर, कलकरखानाको फोहोर, पानीमा फ्याकिएका रसायन आदिले जल प्रदुषण हुन जान्छ ।
३) भु–प्रदुषण — बाढी, पहिरो, बनविनाश, विषाक्तयुक्त मलको प्रयोग, आदि ।
४) ध्वनी प्रदुषण — गाडी, कलकरखाना तथा अन्य यन्त्रहरुबाट उत्पादीत ध्वनि
५) खाद्य प्रदुषण — खाद्य वस्तुहरुमा विभिन्न अखाद्यपदार्थ, औषधी आदि वस्तुहरुको मिसावट
६) रसायनिक प्रदुषण — वायु, जल, जमिन, खाद्यान्न आदिमा विभिन्न रसायनहरुको कारण हुने ।
७) इलेक्ट्रो प्रदुषण — राडर, सेलुलर, टेलिफोन, एफ.एम. रेडियोबाट उत्पन्न भएका विद्युत चुम्बिकिय विकिरणबाट उत्पन्न प्रदुषण
वातावरण प्रदुषणका कारणहरु
अनियन्त्रित जनसंख्या बृद्धि, प्राकृतिक सम्पदाको अधिक शोषण, जनचेतनाको र कानुन पालनाको अभाव, अव्यवस्थित शहरीकरण एवम् औद्योगिकरण, गरिबी र बसाइसराइ, खुल्ला सिमाना हुनु, विषाधि रसायनहरुको प्रयोग साथै भु–क्षय हुनु, यातायातका साधनमा तिब्र बृद्धि, वनजंगलको फडानी, आणविक हतियारको होडबाजी, वातावरण संरक्षणको लागि राष्ट्रिय र अन्र्तराष्ट्रिय समन्यव्यको कमी, ओजनतहको विनास, कृषि उत्पादनमा ह्रास, मरुभुमीकरण एवं मानवीय विकासमा चुनौती, पुरातात्विक वस्तु एवं दुर्लभ प्राणी र वनस्पतिको विनाश, विश्वव्यापी उष्णता, अम्लिय वर्षा, हरित गृह प्रभाव बढनु, वायुमण्डलीय धुमिलता, जैविक विविधतामा ह्रास आउनु, बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि र खडेरी, आणविक हिउदको समस्या, प्राकृतिक स्रोत र साधनमा कमी, दुर्लभ प्राणी, वनस्पती वस्तुको जाति एवम् वंशको लोप आदि कारणहरू प्रदुषण दिनानुदिन बढिरहेको छ ।
आज हामी वातावरण प्रदुषण, जलवायु परिवर्तन तथा मौसम परिवर्तनका कुरा गर्छौ । मौसम परिवर्तनका कारण ठूला ठूला प्राकृतिक प्रकोप आएको, अम्लीय वर्षा भएको र पृथ्वी तातिएर दिनदिनै विभिन्न जीवजन्तुहरु लोप भएको पनि सुनिरहेका छौ । हाम्रो शहर फोहर छ, सडकमा धुवा, धुलो र खाल्डाहरु छन्, बस्तीहरु जथाभावी बढेका छन् र बाक्ला भएर गएका छन्, जंगल जंगल रहेनन्, खोलानालामा पानी होइन फोहर बग्न थालेका छन् आदि । यी कुराहरुलाई सम्बोधन गर्नुपर्छ भनी एकखाले समूह आन्दोलित छन् । उनीहरु प्ले कार्ड बोकेर कहिले सडकमा र्रयाली गर्छन् त कहिले धर्ना दिन्छन् अनि कहिले खोलानाला र बाटोहरु सफा गर्न धाउँछन् । अभियनकर्ताहरूको यो कामलाई सलाम छ ।
म/हामी हाम्रो गाउँ/शहरमा फोहर पैदा गर्ने एक नागरीक अबश्य हो । हामी पनि यो शहरलाई फोहर बनाउँनमा भागिदार छौ । वातावरणलाई दुषित बनाउँनमा हाम्रो पनि हात छ । त्यसैले फोहर कम गर्न र वातावरण प्रदुषणलाई न्यूनिकरण गर्न केहि गर्न सकिन्छ कि भनेर केहि पहल गर्ने अठोट सकिन्छ ।
वातावरणीय प्रदुषण कम गर्न सकिने उपायहरु
वातावरणमा प्रत्यक्ष, अप्रत्यक्ष रुपले ह्रास ल्याउने एवम् क्षति पुर्याउने कार्य नगरी वातावरणका विभिन्न व्ययहरु तिनीहरुका अन्र्तसम्बन्धमा समेत कुनै खलल नपुर्याई स्याहार, सम्भार, सम्बर्धन, व्यवस्थापन तथा सदुपयोग गर्न सकिन्छ । वातावरण सन्तुलन गरि राख्नु नै वातावरण संरक्षण गर्न हो जसका उपाय निम्न अनुसार छन् ।
मिफोहर (waste) न्यूनिकरण गर्ने, मिनिमलिजम (minimalism) अनुसरण गर्ने, रिसाइकल (recycle), अपसाइकल (upcycle), अरुलाई दिने (donate) र साटासाट (exchange) गर्ने, प्लाष्टिकले बनेका सामान सकेसम्म नकिन्ने, विरुवा रोप्ने सम्पुर्ण राष्ट्रिय नितीहरु वातावरण मैत्री र वातावरणमा ह्रास नहुने गरी योजना तर्जुमा एवम् कार्यान्वयन गर्ने वातावरण, शिक्षा लाभ गर्ने, प्राकृतिक स्रोत र साधन एवम सम्पदाहरुको संरक्षण गर्नुपर्ने तथा जैविक विविधताको संरक्षण गर्न केहि हदसम्म कम हुन्छ ।
वातावरण सम्बन्धी सुचना केन्द्रको स्थापना र विकास, बढदो जनसंख्या नियन्त्रण एवम व्यवस्थापन, गरिबी उन्मुलन, व्यवस्थित सहरीकरण तथा उचित बसोबासको व्यवस्था, जैविक विविधता संरक्षण, प्रंदुषणरहित प्रविधिको विकास र प्रयोग, उद्योगहरुको स्थापना शहरी क्षेत्रभन्दा टाढा र वैज्ञानिक रुपले गर्ने, वातावरण संरक्षणमा जनसहभागिता बढाउने, फोहोरमैलालाई प्रभावकारी र उचित व्यवस्थापन गर्नुपर्ने, किटनाशक विषादी र मलको सटा प्रांगारिक मलको प्रयोग बढाउनुपर्छ । रसायनिक, जैविक तथा आणविक हात हतियारको उत्पादन, बेचबिखन र प्रयोगमा बन्देज लगाउनुपर्छ । वातावरण सम्बन्धि अन्तराष्ट्रिय सन्धी सम्झौताहरुको कार्यान्वयनको लागि समय अनुकुल ऐन कानुन निर्माण गरि कडाईको साथ निजी तथा सरकारी निकायबाट प्रभाबकारी माध्यमबाट परिपालना गर्न सके स्वच्छ वातावरण र स्वस्थ मानब जीनब हुन्छ ।
सन्दभ सामाग्री : वातावरण एेन २०५३ र समसामयिक नोटहरू
If you have any Interesting story, then share with us. Register Here
Pageutter is the platform that allows users to express their views, ideas, and thoughts. It is only the place to express or share individual thoughts and passion with words. Pageutter is a stage for every individual from the professional writers t...
Read MoreBy accessing this web site, you are agreeing to be bound by these web site Terms and Conditions of Use, all applicable laws and regulations, and agree that you are responsible for compliance with any applicable local laws. If users do not agree wi...
Read More
Leave a Comment Login