बाल श्रम

Category Type: Article,   Jun 24, 2018   Manda Paudel (Views: 1618)

Likes: 1

सामान्यतया बालबालिकाको उमेर नपुगिकन वा सानै उमेरदेखि बालबालिकाको शारीरिक,मानसिक,संवेगात्मक तथा विभिन्न अधिकारको हनन् गर्दै व्यक्तिगत तथा सामाजिक पक्षलाई  ध्यानमा नराखी जवरजस्ति श्रम गर्न बाध्य पारिनुलाई बाल श्रम भन्ने बुझिन्छ! बाल-बालिका भनेका विभिन्न फूलहरुको सुन्दर कोपिला हुन्,आजका बाल-बालिका भविस्यको बलियो कर्णधार हुन्, यो विश्व वा संसार भरिनैं  बाल श्रमलाई कानून विपरित मानिन्छ तर पनि हाम्रो जस्तो अल्पसोच भएको अनि अल्पविकषित रास्ट्र तथा  समाजको विडम्बना  यो समस्या अझसम्म रोकिएको छैन र निरन्तर विस्तृत भइरहेको छ,जस्ले गर्दा कलिला बालबालिकाको सुनौलो भविष्य अन्धकार तिर धकेलिईरहेको छ!

  बाल श्रम एउटा यस्तो सामाजिक अभिशाप हो जुन एउटा सामाजिक समस्या मात्र नभएर  सिंगो राष्ट्र तथा मुलुककै अत्यन्त गम्भीर,जटिल तथा भयानक समस्या हो! बाल श्रमलाई प्रोत्शाहन गर्ने विभिन्न कारणहरू छन् ति मध्ये गरिवी,अशिक्षा ,चेतनाको अभाव, बाध्यता ,अन्धविस्वाश,कुरीति,कुशंस्कार,लालचपन,मुख्य कारणका रुपमा  लिइन्छ,जसले गर्दा दिनदहाडै कलिला भविश्यहरुको निर्मम हत्या भैरहेको छ !बाल श्रमबाट ग्रामिण भेग तथा शहरी क्षेत्र दुवै उत्तिकै  रुपमा प्रभावित छन्,अझ भन्नेनै हो भने अविकशित तथा ग्रामिण भेगका बाल-बालिका बाल श्रमबाट बढी पिडित तथा शिकार भएका छन्!निरक्षर तथा चेतनाको कमि भएका गरिब तथा विपन्न परिवारले आफ्ना बाल-बालिकाहरुलाई शिक्षाको आवश्यकता नदेख्नु,शिक्षा उज्ज्वल  भविष्यको लगानी हो भन्ने बुझ्ने सामर्थ्य नराख्नु,आफ्ना बाल-बालिकालाई कामदारको रुपमा  मात्र लीनु तथा सानै उमेरदेखि बाटै बाल-बालिकालाई विभिन्न काममा लगाई आर्थिक आय आर्जन गर्ने लोभ तथा लालचपनले गर्दा बालश्रमको समस्या अझै भयानक बन्दै गैरहेको छ!परिवारको कमजोर आर्थिक अवस्थाले गर्दा जब  बाल-बालिकाहरु घर छोडी अन्यत्र वा शहरमा कामको खोजीमा भौतारिरहेका हुन्छन तब मौका छोपी-छोपी विभिन्न विचौलिया व्यक्तिहरुले ललाई-फकाई राम्रो रोजगारको अवसर दिलाईदिन्छु भन्दै र अन्य विभिन्न सुनौला सपना हरु देखाउदै बाल-बालिकाहरुलाई ज्यादा भन्दा ज्यादा समय श्रम गर्न लगाई  अत्यन्त न्युन ज्यालादरमा उनीहरुलाई चुसिरहेका हुन्छन! 

जसले गर्दा किताब च्यापी स्कुल जाने,पढ्ने,लेख्ने,खेल्ने,कुद्ने,मनोरंजन गर्ने उमेरका कैंयौ बाल-बालिकाहरु आफ्ना कलिला भविष्यको धमिलो सपना देख्दै,नूनिलो पसिना पिउदैं कोहि नदी किनारमा गिट्टी कुट्दै छन्  त कोहि सार्वजनिक यातायातको ढोका ढक्ढक्याउँदै छन्, कोहि ईट्टाभट्टामा ईट्टा पोलिएझैँ आफ्नो भविस्य पोल्दै छन् त कोहि मसाज सेन्टरमा ग्राहकहरुको चित्त बुझाउदै आफ्नो अन्धकार भविष्यको चित्कार गर्दै छन्,त्यस्तै कोहि विभिन्न उधोग-कलकारखानामा आफ्नो सुन्दर भविष्य सखाप पार्दै छन् त कोहि कमलरी,छाउपडी,बाल यौनशोषण,बालविवाह तथा अन्य विभिन्न कु-प्रथाको दिनदहाडै शिकार भैरहेका छन्,त्यस्तै कैयौं बाल-बालिकाहरु घरेलु सामुहिक कार्य,कृषि कार्य तथा अन्य विविध कार्यमा आफ्ना सुन्दर अनि सुनौलो भविष्यलाई विलिन पार्दै छन् त कोहि खालि शिशि तथा थोत्रा प्लास्टिकका टुक्राहरुमा भविष्यको झिनो आशाका किरण हरू बटुलिरहेका छन् !बाल श्रम एक ईच्छा नभएर उपेक्षा हो!

      बाल मजदुरहरु आफ्नो श्रम मात्र खर्च गर्न बाध्य छैनन् त्यंहात उनीहरु शारीरिक शोषण,यौन  शोषण तथा विभिन्न लापरवाही बाट दिनहुँजसो मानसिक तथा मनोबैज्ञानिक समस्याबाट गुज्रिरहेका हुन्छन् यसको कारण उनीहरु यस्तो समस्यामा फस्छन् कि न त उनिहरुसंग जीवन सुन्दर बनाउने चाहना नै हुन्छ न त त्यहाँ बाट उम्किने ईच्छा नै हुन्छ त्यसैले कोहि  ड्रग्स शेवन तर्फ लागेर पूरा जिन्दगि वर्बाद पार्छन त कोहि आत्महत्या जस्तो नराम्रो पक्षलाई अङ्गाल्न पुग्छन र  यो संसारलाई त्याग्छन् ,यसरि बाल श्रम  एउटा बालक वा व्यक्तिको मात्र समस्या  नभएर समग्र समाज तथा सिंगो राष्ट्रकै दर्दनाक तथा भयानक समस्या हो !आजका बालक भनेका भोलिका देश बनाउने बलियो  कर्णधार हुन् त्यसैले हामीजस्ता युवा वर्ग तथा यो देशका रथ हाँक्ने  दायित्व बोकेका अग्रज व्यक्तिहरुले यस्ता समस्या हरुलाई निर्मुल तथा निराकरण गर्नको लागि बाल श्रम को बिरुद्धमा आवाज उठाउँदै,बाल अधिकारका बारेमा हरेक अभिभावक ,परिवार,समाज तथा सिंगो राष्ट्रमाझ सकारात्मक चेतना फैलाउँदै,हरेक बाल-बालिकालाई शिक्षाको उज्यालो घामबाट बन्चित नपारौं भन्ने किसिमको सकारात्मक अभियान तथा कदम चाल्दै,बाल-बालिकाको हक-हित सम्बन्धि विभिन्न नारा हरुलाई बुलन्द पार्दै कलिला अनि सुनौला भविश्यहरुको जगेर्ना गर्दै यो देशलाई बाल श्रम मुक्त बनाउन जरुरि छ र हरेक बाल-बालिकाले आफ्ना अधिकारको उपयोग गर्न पाउनु पर्दछ,जहाँ हुन्छ बाल-बालिकाको संरक्षण त्यहाँ बन्छ सम्बृद्धशाली राष्ट्र !

                              बालश्रमलाई निराकरण गरौँ ,

                              बाल-बालिकाको रक्षा गरौँ !

                             कलिलो भविस्यको जगेर्ना गरौँ ,

                             सम्बृद्ध रास्ट्रको परिकल्पना गरौँ!

                                                                                         धन्याबाद!

                                                 मन्दा पौडेल

                                                                  

 

 

 

 

If you have any Interesting story, then share with us. Register Here

Leave a Comment Login


About Us

Pageutter is the platform that allows users to express their views, ideas, and thoughts. It is only the place to express or share individual thoughts and passion with words. Pageutter is a stage for every individual from the professional writers t...

Read More

Terms and Conditions

By accessing this web site, you are agreeing to be bound by these web site Terms and Conditions of Use, all applicable laws and regulations, and agree that you are responsible for compliance with any applicable local laws. If users do not agree wi...

Read More