सदाबहार गुञ्जायमान गुल्जार

Category Type: Article,   Sep 16, 2018   Jyoti Bhattarai (Views: 1497)

Likes: 1

‘तुझसे नाराज नहीं जिन्दगी,
हैरान हुँ मैं, हो हैरान हुँ मैं...’ 

यस गीतका शब्द जति दर्दनाक र मार्मिक छन, यसका गीतकार गुल्जारको जीवन पनि उस्तै मार्मिक छ । हो, उनको जीवनीलाई नियाल्ने जो–कोहीलाई पनि लाग्न सक्छ– गुल्जार आफैंले आफ्नै जीवनलाई लेखेका हुनुपर्छ यो गीत । 

हो, गुल्जार तिम्रो जिन्दगीसँग हामी कसरी नाराज हुन सक्छौं ? हुन सक्छौं त केवल हैरान तिम्रा संघर्षका सुरुवाती दिनहरू पढेर । धेरैले आफ्नो यात्रा जमिनबाट सुरु गर्छन्, उचाइतिर । तर, उनले भने सुरु गरे सुदूर गहिराइबाट जमिन र जमिन हँुदै उचाइसम्म । उचाइको पनि सुदूर उचाइसम्म । सायद त्यसै भएर लेख्न सकेका हुन् उनले आफ्नो जीवनमा यति मार्मिक गीतको फेहरिस्त । जुन मर्मले उनको राजनैतिक सिमाना पार गरेर मुटुहरूमा निर्माण ग¥यो आफ्नो छुट्टै भूगोल । गीतको कौशलबाट मीमकाय व्यक्तित्व बाँचेका छन् गुल्जार । 

गुल्जार नामले प्रसिद्ध ‘सम्पूर्ण सिंह कालारा’को जन्म १८ अगस्ट १९३६मा ब्रिटिस शासनकालीन पञ्जाबको झेलम जिल्लामा भएको थियो । गुल्जार आफ्ना पिताका दोस्री श्रीमतीका एक मात्र सन्तान हुन् । बालापनमै उनले आमाको वियोग सहनुप¥यो । त्यसपश्चात् उनले न त आमाको माया प्राप्त गर्न सके, न पिताको संरक्षण नै । उनी ९ सन्तानमध्ये चौथो नम्बरका थिए । 

भारत–पाकिस्तान विभाजनपश्चात उनी पञ्जाबको अमृतसर आएर बसे । जुन भारतपट्टि पर्दछ । जीवनलाई सहज तरिकाले ज्युनुको विकल्प खोज्नु उनको नित्यकर्म बन्न पुग्यो । कवि हृदयका उनी जीवनको संघर्षमा थुप्रै पेशामा आबद्ध हुन पुगे, जो उनको अज्ञानताका बीच सम्भव थिए । 

त्यसैको सिलसिलामा उनी मुम्बई गए । वर्लीको एक ग्यारेजमा मेकानिकको रूपमा उनी मुम्बईको सास फेर्न थाले । सबैलाई थाहा छ– मुम्बई भारतको सर्वसाधारण कम कलाकार ज्यादा भएको शहर हो । त्यहाँ उनले सर्वसाधारण भएर मेकानिक्सको परिचय बाँचे लगभग चार पाँच वर्ष । जब कोही कवि हृदयको हुन्छ, उसले आफ्नो भावना पोख्न त थालि नै हाल्छ । उनी पनि मुम्बईमा आफूलाई फुर्सदको समयमा पोख्न थाले । सुरुवाती चरणमा उनले आफूलाई कवितामा पोख्न थाले । ग्यारेजको काम र कविता आफंैमा निकै भिन्न कुरा हुन् । यदि त्यहाँ उनको पोखाइ नाप्न सिर्फ ग्राहक मात्र आउँथे भने गुल्जार आफ्ना लागि मात्र बाँचेर थाहै नपाई लोप हुन सक्थे । 

उनको ग्यारेजमा ठोक्किइरहन्थे विमल रोय, हृषिकेश कुमार तथा हेमन्त कुमार । जसरी गुल्जार सिर्फ मेकानिक्स मात्र थिएनन्, त्यसैगरी उनीहरू पनि ग्राहक मात्र थिएनन् । उनीहरू थिए, त्यतिखेरका हिन्दी चलचित्रका निकै ठूला नाम । मुम्बईका बाटाहरू पनि धेरैलाई फिल्मीझंै लाग्छन् । ग्यारेज तिनै बाटा हुँदै न पुगिन्छ । हो, त्यस्तै भयो– गुल्जारको जीवनमा । उनका ग्राहकले नापिदिए उनीभित्रको काव्यिक सागरको गहराइ । पुगे फिल्मी दुनियाँमा । ग्यारेज उनको जीवनको यात्राको मुख्य स्टेसन बन्यो र चढे उनी फिल्मी गाडीमा । उनी चढेको गाडीका चालक–सहचालक उनै तीन ग्राहक थिए । उनलाई पु¥याइदिए फिल्म इन्डस्ट्रीभित्र । 

अब मुम्बईले परिवर्तन गरिदियो उनको व्यवसाय । सुरुवाती परिचय उनले बनाए विमल रोय, हृषिकेश कुमार, हेमन्त मुखर्जी को साहयकको रूपमा । उनै विमल रोयको फिल्म ‘बन्दनी’का लागी गुल्जारले आफ्नो पहिलो गीत लेखे । त्यसपछि यिनको परिचय धेरै फराकिलो बन्दै गयो । उनको बायोडाटामा थपिँदै गए अन्य परिचयहरू– सफल कथाकार, स्क्रिप्ट राइटर तथा डाइरेक्टर । उनका थुप्रै कथा अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।

१९७७ मा ‘दिलवाले ईस शहरमे’, १९७९ मा ‘आनेवाला पल जानेवाला है’, १९८० मा ‘थोडी सि बेबफाई’ १९८३ मा ‘तुझसे नाराज नहीं जिन्दगी हैरान हुँ मैं’, १९८८ मा ‘मेरा कुछ सामान’, १९९१मा ‘यारा सिल सिल’ १९९८ मा ‘चल छैंया छैंया’, तथा २००३ मा निस्किएका ‘साथियाँ तुने क्या किया’ जस्ता सदाबहार हिन्दी गीतका एक सुनौला अनुहार हुन् यिनी ।

यिनीभित्रको गीतकारको सबैभन्दा ठूलो तेज भने संसारले सन २००९ मा डेनी बायल निर्दे्शित फिल्म ‘स्लमडग मिलिनियर’ मा देख्यो । यिनले कलम घोटेको गीत ‘जय हो’ ले यिनको तेजिलो व्यक्तित्वमा धमाकेदार धुन भरिदियो । उक्त वर्ष सुन्यो– उनको नाम ओस्कार अवार्ड सेरेमोनीले । हजारौ भिडले उनको नामलाई प्रशंसाको ताली बजायो । गुल्जार एउटा गगनचुम्भी नाम बन्यो । 

‘जय हो 
आजा आजा जीन्दगी सामियाने कि तले 
आजा झरिवाले निले आसमाने कि तले 
जय हो’ 
गुल्जार जय हो ।

If you have any Interesting story, then share with us. Register Here

Leave a Comment Login


About Us

Pageutter is the platform that allows users to express their views, ideas, and thoughts. It is only the place to express or share individual thoughts and passion with words. Pageutter is a stage for every individual from the professional writers t...

Read More

Terms and Conditions

By accessing this web site, you are agreeing to be bound by these web site Terms and Conditions of Use, all applicable laws and regulations, and agree that you are responsible for compliance with any applicable local laws. If users do not agree wi...

Read More