कोपिला फूल महिला र रासलीला

Category Type: Sex,   May 14, 2018   Gopal khadka (Views: 1398)

Likes: 1

लौ फेरि फूलबारीमा कोपिला देखियो। फूल फुल्ने आशमा भमराहरु जुरुक्क बिउंझेका छन् । मौसम अनुकूल छ । मनसुन पर्खी रहेका छन् । माली मलजलमा व्यस्त छन् । बाली सप्रेला जस्तो छ ।

तिम्रो यौवनको धुप वासनाले हरेकको मुटुमा वास गर्ने भएछन । आज तन्नेरीहरू तयार छन् तिम्रो वदनमा हस्ताक्षर गर्न अनि तिम्रो मन मस्तिस्कको जग्गामा कब्जा स्वरूप झण्डा गाड्न । भएछौ चाही कस्ती?

तिम्रो वायोमा के पो कमि छ? नजर मात खान्छ । तिम्रो रसायन शास्त्रमा कुन् चाही तत्व कमि छ? हरेक वातमा प्रस्ट देखिन्छ । तिम्रो चाल र डालमा तन्नेरीहरू चुर्लुम्म आहाल खेल्छन् । वैंसले झपक सिंगारेछ नि?

तिम्रो आयतन र घनत्व बढेछ । कही शिखर निस्किएको, पृथ्वीको प्लेटहरु ठोक्किएर उचाइ लिए जस्तोछ । हिमालय पर्वत झैँ गोरो वदन बीच-बीचको शृंखला हेर्न लायक छन् । वस्त्रले ढाकिएको प्रस्ट हिमरेखा देखिन्छ । सौन्दर्यतालाई न्याय गरेको छ ।

बोली त हिउँ अनि रुवा झैं फुस्स उडेर मुटुमै जमिदिन्छ । चिसो त के फरक न्यानोपन अनुभूति हुन्छ । लजाउने मुद्राको सुत्र के छ, तिम्रो? परिणाम हेर उत्तरपुस्तिका छ, तन्नेरीहरूको मुटु ।

तिमी त बुढाकी कोरेली भैसकेछौ, युवाकी चिक्स, प्रेमीको बेबी र अल्लारे तन्नेरीको माल रे! फुच्चेहरु आफुलाई कलिवुड, बलिवूड र हलिवुडका हिरो सम्झी सपनामा नायिका स्वरूप उपस्थित गराउछन् । दैवको कलाले तिम्रो वदनलाई न्याय गरेछ, पूर्ण कला देखिन्छ छ नि?

लुट्ने नजर, भुट्ने हतियार, तोप झैं मुस्कान पाकै हो वरदान । हजारौं युद्ध जित्छौ । नारी अस्त्र खुल्लमखुल्ला वस्त्र रहित सशस्त्र हतियारले सुसज्जित कुन् युद्ध लड्न निस्किएको?

फूलका थरि-थरी संज्ञा हुन्छन् सौन्दर्यता र वासनाले त हो, तिम्रो फरकपन पनि वासना मै आउछ, सपना देख्दै अनुरागी मन युक्त ठिटो मिठो सपना र नौनी मुटु सजाउछ तिम्रै तस्वीरले। होस् गर् गल्ली-गल्लीमा प्रेम पत्र र इन्टरनेटमा हाई र हेल्लोको चांग थुप्रिने छ। यौवनको भन्ज्यांग भेट्दा तिमी त सिर्जनाको शिखर पुगेछौ। हिल्याई सकेकी खेत हौ । धुल्याई सकेकी बारी हौ । मात्र तिम्रो जिउमा बिउ भर्न आतुर छन् ।

वस मौषमी फल फलाउ। वेमौषमी सर्जक नबन, प्रकृति प्रतिकुल हुन् सक्छ। संस्कृतिमा विकृति आउन सक्छ। सम्पूर्ण प्राणी जगतलाई सिर्जनाको सिजन सिर्जेको छ । जनवार र वनस्पति पनि आफ्नै नियम र परिधि भित्र फुल्छन, फल्छन र झर्छन ।

तिमी पनि आवेशमा होस् नगुमाऊ, समय आउछ, फूल फुल्छन, फल लाग्छ र झर्छ । मलिलो माटो हौ मलजल र बिउ त लगाउनै पर्छ। तिम्रा स्पर्शले काउकुती त खेल्छन् नै । अझ शरीरका जिन रहेलिन्छन् । हर्मोनहरु मन्थन हुन्छन्। आवेगमा क्रियाप्रतिक्रियामा विचलन आउछन । संकृति र प्रकृतिको युद्ध कुरुक्षेत्रमा आरम्भ हुन्छ । जीत कसको आफै रेफ्री हुनुहुन्छ, आफैं खेलाडी, मेरो निर्णय लागु हुदैन।

जसरी हरेक फूलहरुमा कोपिला लाग्छ र फक्रिन्छन् । अनि वासना छर्न थाल्छन नि? संकेत भमरालाई किन दिएको त? फेरि माहुरीलाई चाही किन दोष नदिएको? आखिर किन आरोप भमरालाई मात्र? पात्र हजार छन्, दोषी चरित्र भमरालाई देखाइन्छ नि? अन्याय भएन र? त्यसको गल्ति के? तिमीले आश देखायेउ, रसले लोभ्यायेउ । अन्जान लोभी भमरा फूलको रसले मात चढेको त हो । बेहोसीमा कति रस चुसो, किन फूललाई न्याय गरेन र? सिर्जनाको साधक भएन र? प्रकृतिको नियम नै छ त! कृष्ण चरित्र र भमराको कर्ममा दरिद्र सोचले अन्याय दिदै शिर शर्मले किन झुक्दैन? वस कृष्णले न्याय पाउछन्, बिचरा भमरा कलंकित छ। दोष कसको?

तिम्रो सल्लक पोटिलो शरीर, जोशिलो चालमा गोरा वदन देख्दा भमराले र्याल काड्नु दैवकै खेल हुनसक्छ । शारीरिक अपिल बेजोड छ। लज्जा गौण छ । फूलबारीमा विभिन्न फूलहरु झैं पार्कमा जोडीहरु नयाँ र नौलो संसारमा हराइरहेका छन् । बगैंचामा फूल फुल्दा अनुसन्धानको विषय बन्छ । कसरी फल लाग्छ? त्यसपछि बिज बन्छ? र फेरि बिरुवा उम्रिन्छ? के - के हो नानाथरीको कुरा । मानवमा मात्र बन्देज लगाउदा प्राकृतिक नियम विपरित भएन र? मानव जातिको अति साँगुरो सोच भैदियो । प्रेम र यौनजन्य क्रियाकलापको खुलेरै अनुसन्धान हुदैनन् ।

प्रेम र यौनको तृष्णा सबैमा हुन्छ तर खुलेर कुरा र बहसमा किन बितृष्णा? यौन शिक्षा कक्षा कोठामा पढाइ हुदैन, पढ भनिन्छ । घरमा, धर्ममा दोष देखाइन्छ फेरि शास्त्रमा, मन्दिरका मुर्ति र टुंडालमा यसकै चित्र विचित्र रुपमा भद्रगोल रुपमा बयान देखिन्छ । घर-घरमा आउदो पुस्ताको सिर्जनाको माध्यम पनि त रासलीला नै हो नि? दोषी नजर हो । तिम्रो सिर्जना कसरी भयो? सोच र बुझ ।

आधा आकाश थाम्ने, आधा धर्ती ओघटने र मेरो मनमा बस्छौ भन्दै बकम्फुसे कुरा गर्ने आधा दिमागका दार्शनिक व्याधा हौ । सम्झ नौ महिना तिमीहरु कहाँ बसेका थियेउ? जसरी फूल धर्ति र आकाशसंग उतिनै साइनो जरा र पातले राख्छ, त्यसरी नै महिलाको पनि आफ्नो अस्तित्व आफ्नो सन्तानसंग जोडिएको हुन्छ, शारीरिक र समवेदनाले। सम्पूर्ण जिम्मेवारी महिलाले लिदा पुरुष त माशुको डल्लोमा आमाले भर्दिएको सफ्टवेयर न हो । कहिले महिलालाई पूर्ण नजरले देख्छौ ? तिमीलाई नै पुरा रुप दिने महिला कसरी आधा भईन? तिम्रो सोच नै आधा छ त कसरी सर्जकलाई पूर्ण देख्छौ ? तर यसो भनिरहदा तिमी पूर्ण हौ तर बढ्ता होइनौँ । बेमैसमी फल नफलाउ । प्रकृतिलाई स्वीकार ।

भ्यालेन्टाइन संस्कृति भित्र्याउने, फूल चुड्ने चुडिने घटना दुर्घटना विगविगी बढेको छ । छ्यासछ्यास्ती प्रेमीहरु खुलेआमरूपमा बजारमा शयर गर्छन् । रहेलियेर मृग तृष्णामा लुलुप्त हुन्छन् । कालान्तरमा जवानीको वेग थाम्न नसकी रासलीलामा योवन प्यास मेटाएको थाहा पाउदैनन । फलस्वरुप वेमौसमी फूल फुल्दै फल लाग्छ र सिर्जना हुन्छ । सामाजिक बन्देजले समाजको नजरमा शिर निहुरिएको थाम्न नसकी सर्जक र सृजना एकसाथ इहलीला प्राप्त गर्छन् । कोपिला चुडिन्छ र फूल जबर्जस्ति झर्छ ।

धन्यवाद!

If you have any Interesting story, then share with us. Register Here

Leave a Comment Login


About Us

Pageutter is the platform that allows users to express their views, ideas, and thoughts. It is only the place to express or share individual thoughts and passion with words. Pageutter is a stage for every individual from the professional writers t...

Read More

Terms and Conditions

By accessing this web site, you are agreeing to be bound by these web site Terms and Conditions of Use, all applicable laws and regulations, and agree that you are responsible for compliance with any applicable local laws. If users do not agree wi...

Read More