आमा दिदि बहिनी हो, अर्थात जेबी टुहुरे.........

Category Type: Article,   Dec 30, 2019   Jyoti Bhattarai (Views: 993)

Likes: 0

 एउटा बुढो अनुहार, कोट, पाईन्ट ढाका टोपी लगाएर स्टेजमा उक्लन्छ । ती मध्यम कदका मानिस, पुुर्तिलो पारामा संम्बोधन गर्छन । धेरै मान्छेलाई प्रभाबित बनाउँछन र आफ्ना केहि प्रस्तुति सहित ओझेल पर्छन । ति हुन् नेपाली राजनैतीक मञ्चहरुमा गीत गाएरै आफ्नो उमेर ढल्काएका ब्यक्ती, अर्थात जे वी टुहुरे,७६ । नागरिकतामा त उनको नाम जुठ बहादुर टुहुरे खड्गी छ । तर त्यो नाम उनलाई, सरकारी अड्डामा काम चलाउन मात्रै काम लाग्छ । सरकारी अड्डाले उनलाई जुठ बहादुर भन्छ तर मानिसहरु जे बी टुहुरे मात्र चिन्छन, जुठबहादुर चिन्दैनन् ।


आमा दिदी बहिनी बहिनी हो  कति बस्छौ दासी भई 
सुख को संधै प्यासी बनेर 


यो गीत नेपालको धेरै चर्चित गीत हरु मध्ये पर्छ । कुनै न कुनै माध्यम बाट यो गीत नसुन्ने ज्यादै कम मानिसहरु होलान । बिस्लेसक आहुती भन्छन ‘यो गीत ३६ को वरपर लेखिएको देखिन्छ । त्यतिखेर नेपालमा जबरजस्त सामान्तवाद थियो र त्यस्तो समयमा महिलाहरुलाई घरबाट बाहिर निस्कन अपिल गरेको छ । जेवी टुहुरेको श्वर हाई नोटमा जाने श्वर भएको र लोक संगीतको पक्ष जनस्तरमानै भिजेको हुने भएकोले गर्दा यो गीत चर्चित हुन पुग्यो ।’ 
बि.स. २०२८ देखी सुरु भएको झापा बिद्रोह र त्यसपछि श्रृजना भएको आतङ्कले त्यस्ता धेरै नेताहरु बिस्थापित हुन पुगे । जेवी टुहुरे हरु भने त्यतै गाउँ गाउँमा गीत गाएर लुकि लुकि हिडीराखे । उनी सुनाउँछन ‘त्यत्तीखेर म कोशी प्रान्तीय परिषद मा संगठित थिएँ ।’
हुन त उनले २०२६ तिरै अर्थात, झापा बिद्रोह सुरुहुनभन्दा दुईबर्ष अगाडी नै ‘बसाँई हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ’ लगायत गीत गाईसकेका थिए । झापा बिद्रोह पछि भने जेवी हरुको सांगीतीक यात्रा तितर बितर भईरहेको थियो । बि.स. २०३२ सालमा पुष्पलालहरु संग छुट्टीएर जब मदन भण्डारी,जिवराज आश्रीत लगायत नेता हरु फर्किए । जेवीले तिनै नेताहरुले बनारस बाट ल्याएको कोशेली बापत केही पुस्तक हरु प्राप्त गरे । जस्मा एउटा सानो पुस्तक थियो, ‘चरी भरर’ भन्ने । उनि सुनाउँछन ‘त्यस पुस्तक भित्र मोदनाथ प्रसिद लगायत थुप्रै लेखक हरुका रचना हरु थिए । त्यहाँ भित्र, एक देब ज्ञावाली को एउटा कविता मलाई सारै मन प-यो मैले गुनगुनाएँ ।’
हुनत यो गीत बि.स. २०३३ साल देखी नेपालको कुना कन्दरामा घन्कीन थालेको हो । यो संबत संझने र ईतीहास को थोर बहुत ज्ञान हुने मानीसहरु सहजै कल्पना गरिहाल्छन । यो गीत गाउन कत्ती अप्ठेरो समय थियो त्यो भन्ने । त्यत्तीखेर पञ्चायत काल थियो । मानीसहरुले आफ्ना अधिकारका कुरा गर्नु अपराध सरह थियो । त्यसै बेला अधिकारकै गीत गाएर मानीसहरुको मनमनमा बस्नु कत्ती जोखीम थियो होला । उनी भन्छन ‘जत्तीसालमा मैले यो गीत गाएँ त्यत्तीखेर म त्यत्तीनै बर्षको थिएँ र पञ्चायत सोह्रबर्षे जवान ।’ त्यस्तो समयमा पनि उन्को गीत सुन्नका लागी ग्रामिण महिलाहरु रात बिहान नभनी आउने गर्थे रे उनी सुनाउँछन । 
नेपालको ईतीहासको त्यो कालखण्ड निकै अप्ठेरो थियो । मानीसहरुको शान्ती खल्बल्याउन एकजना प्रहरी नै काफी हुने समय थियो त्यो । ‘झापा बिद्रोह’ पछि नेपालको पुर्वि क्षेत्रमा निकै ठुलो आतङ्क थियो । राज्य पक्ष र बिद्रोहि पक्ष्य आ–आफ्नै गतीबिधि मा थिए र जनतामा भने एक किसिमको डर थियो । यहि बिचमा गाए जेवी टुहुरेले यो गीत । डरै डरका बिचमा पनि मानिसहरुले एकदमै मन पराए उनको गीत । मानिसहरुले बन जाँदा, खेताला जाँदा, दाउरा घाँस गर्दा गाउन थाले यस्लाई र बुझ्न थाले यस्का शब्दहरुलाई ।
पुस्तक हातमा लिएर टुहुरेले सुरुमा, आमा दिदि बहिनी हो कत्तीबस्छौ दासि भई को लय तयार पारे । आफ्नो कथा सुनाउँदै भन्छन् ‘त्यत्तीखेर धरानको शैनिक भवनमा मैले पहिलो पटक यो गीत गाएको हुँ । बिद्यार्थी हरुको कार्यक्रम थियो ।’ त्यस दिन देखि यिनले यो गीत कत्तिपटक गाए यिनी आफैलाई हेक्का छैन । यो गीतको शब्दले भने गायक आफैलाई अप्ठेरोमा पारिरहयो । किनभने त्यस गीत भित्र एउटा शब्दको लाईन छ,


‘रेशमैको बुट्टे चोलो चट्ट आङमा कस्न पाई 
लालि पाउडर घस्न पाई 
टेरलिङको झिल्के सारि लाउनपाई मख्ख परि ,बुद्धि सबै भ्रष्ट पारि 
पुरुषको खेलैना भई जिबनलाई ब्यर्थै फाल्यो, भोगबिलासको साधन बनेर ।’

यो गीतको सुरुवाति चरणमा टुङ्ग्याउनि नै यहिँ थियो । जेवी भन्छन, ‘महिलाहरुलाई होच्याएको शब्दले मलाई मनमा चिसो पसिरहयो । यो गीत संग मेरो आफ्नो भने चित्त बुझीरहेको थिएन ।’ तरै पनि यो गीत उनले करिब दुई बर्ष गाउँदै हिँडीरहे । २०३५ साल तिर धरानमा रामेश भेटिए । दुई एकै किसिमका गायक भेटिएपछि उनिहरु एक आपसमा गफ गर्दै चतारा लाईन तिर लागे, मैका भनेको यसै घुमघामको थियो । जेवी टुहुरे ले आफ््नो मनको दुःख पोखिहाले । उनि आफ्नो त्यस दिनको कथा सुनाउँदै भन्छन् ,‘मैले रामेशलाई आफ्नो गीत संग आफैलाई परेको सकस सुनाइहालें ,उनले मेरो गाँठो फुकाउने प्रयत्न गरिदिए ।’ भएछ के भने दुई भाई मिलेर यसो गर्दा पो हुन्छ कि उसो गर्दा पो हुनछकि भनेर घोत्लिन सुरुगरेछन् । निकै लामो घोत्लाई पछि एउटा हल निकालेछन् । अन्तिममा नारिलाई होच्याउने शब्द छ, त्यसैले सुरुमा नारिलाई सम्मान गर्ने शब्द प्रयोग गर्ने । त्यसपछि दुई भाईले आलोपाले शब्द थप्ने क्रम चल्यो । निकै लामो बसाई पछि आलो पालो गरेर सबैभन्दा पहिलाको शब्द दोहा थपियो । त्यसपछि गीतमा थपियो सबैभन्दा अगाडि, अर्थात गीतले उचाईलिनुभन्दा अगाडी,


आफ्नै पौरख खान्छन , आफ्नै शिपमा बाँच्छन 
दुःख कस्ट सहेर श्रृष्टि यीन्ले थाम्छन
असल महान ब्यक्तीहरु यीनैले जन्माउँछन 
ज्ञानगुन बुद्धिहरु यीनैले सिकाउँछन ।
तर पनि अँधेरोमा जिवन बिताउँछन ।

त्यसपछि उनको गीत संग संबन्धित सकस केहि त हल भयो तर हरेक पटक यो गीत टुङ्ग्याउनीमा मनमा चिसो पस्न भने उनलाई सन्चो भएन । तैपनि उनि निरन्तर गाइनै रह्ये गीत , आमा दिदि बहिनी हो ..............। 
म्हिला नेत्रृ शान्ता मानवि भन्छिन ‘मैले यो गित एकदेव ज्ञावालिको मुख बाटै सुनेकि हुँ । बनारस बस्दा उहाँले यो गित सुनाउनुभएको थियो । यस गितका शब्द पक्ष ले मलाई साह्रै मन छोएको थियो । पछि जब जेबी टुहुरेको मुख बाट सुनें । त्यहाँ त झन धेरै जिबन्त पक्ष थपिएर आयो ।’ यस गितको कारणले त्यतिखेर खुबै धेरै महिलाहरु महिला आन्दोलन मा सहभागि भएको मा दुई मत छैन । 
आफ्नो श्रृजना आफैलाई चिसो पसि–पसि गाउनु कत्ती सकसपुर्ण हुन्छ होला, हामी अहिले कल्पना गर्न सक्छौ कि सक्दैनौं । ती दिनहरु संझीएर अहिलेपनि उनको अनुहारमा अलिकति अँध्यारो झल्किन्छ । यसरि आफै खुशी नभई नभई पनि लगातार उनले यो गीत गाइनै रहये । उनि सुनाउँछन , ‘सुरुमा उठान गर्दा त, गज्जबै लाग्थ्यो टुङ्ग्याउनीमा भने चिसो पसिनै हाल्थ्यो ।’ समय पनि उस्तै थियो, कहिले गाउँदा गाउँदै पुलिस बाट लखेटिनु पर्ने, कहिले के हुने त्यस्तै उस्तै भईनै रहन्थ्यो । यसरि पुलिस को डर एकातिर र अर्कोतिर आफ्नै गीतको शब्द संग चित्त नबुझ्नु र शब्दबाटै लखेटिनु कत्ती पिडादायक हुँदो हो । तै पनि गाइनै रहये यिनले यो गीत ,किनकि यो गीत उनको परिचय बनिसकेको थियो ।
यिनले यो गीत किन पनि छोड्न सकेनन् भने उनलाई चिसो पस्ने शब्द भन्दा अरु शब्दहरु जत्ति छन ति शब्दहरु, त्यत्तीखेरको ग्रामीण परिबेशको फोटो खिचेजस्तो थियो । उनि सुनाउँछन,‘ फेरि अरु शब्द त गाउँ जस्ताको तस्तै छ नि त, ग्रामिण महिलाका दुःख, पिडा जस्ताको तस्तै र कलात्मक प्रस्तुति, घाँस,दाउरा, पँधेरो, बिबाह लगायतका कार्यक्रममा दुना टपरि बुन्ने, पुजाआजका लागि बत्ती कात्ने, चुलो चौको आदि मात्र त महिलाहरुको थियो । त्योत साह्रै राम्रो संग उतारेका थिए नि एक देब ले ।’ 
यसरि आफैले गाएको गीतको टुङ्ग्याउनी शब्दसंग चित्त नबुझि नबुझि पनि जेवी टुहुरे लाई भने मान्छेहरुले मन मन मा राखिसकेका थिए । उनि यसै मेसोमा देशका कुना कन्दराका गायक बनिसकेका थिए । यसै क्रममा उनि २०३६ सालमा काठमाण्डौ आए । त्यसपछि लागे ठहिटि ,ठहिटिमा उनका तिनै साथि रामेश बस्थे । उनको गीतको चिसो पनि त्यहि समय देखी बन्दभयो । किनकि त्यहाँ भेटिए कवि बम देवान, जेवी भन्छन,‘ठहिटिमा पाँचतल्लामाथि रामेश बस्नुहुन्थ्यो । त्यहाँ कवि बम देवान भेटिए मैले मेसो पारेर गीतको आफ्नो दुःख पोखें ।’ त्यसपछि तिनै कविले हल निकालेछन । गितको अन्त्यमा पनि नारिलाई सम्मान गर्ने शब्द थपिदिने । ‘यो त गज्ज्ब भयो’ उनि हाँस्दै सुनाउँछन ‘कवि देवान आँशु कवि नै थिए । उनले एकै छिनमा पछाडीको अन्तरा थपिदिए ।’ त्यसपछि मात्र करिब तिन बर्ष पछि पुराभयो यो गीत र थपियो अन्तीम अन्तरा,


सामान्तीको कुचक्रयो दुष्ट रिती बुझिको,बुझि सब ब्युँझ अब
ध्वस्त पार्न नारि बन्न, दुःख अनि जीबनको 
युगले आज भन्दछ, नारिपनी मान्छे हो 
जाग उठ नारि हो, श्रृजनको घाम बनेर ।

उनि आफ्नै गीत संग पहिलो पटक खुसि भए । उनको मनको चिसो मेटियो ।

यस गीतको खास पक्ष भन्ने हो भने, तत्कानि ग्रामिण महिलाहरुको दर्दनाक बास्तबिकता लाई देखाउँदै त्यसलाई तोड्नलाई जोड दिएको देखिन्छ । युवा राजनितिज्ञ तथा बिस्लेषक विश्वप्रकाश शर्मा भन्छन ‘त्यस समयमा मानिसहरुलाई संघर्षमा प्रेरित गर्ने र घरबाट बाहिर निकाल्ने । सामाजिक रुपमा उनिहरुको सहभागकककीता लाई केन्द्रमा राख्ने किसिमको गीत थियो । त्यत्तीखेरको समाजमा यस गीतले महिलाहरुलाई त जागरुक गराइकै थियो ,संगसंगै त्यत्तीखेरको समाजको मर्मलाई छोएको थियो । मानविय भावनालाई एकदमै केन्द्रमा राखेर गाईएको गीत थियो र त्यो गीत एकदमै चर्चित भयो ।’
बि.सं. २०३३ बाट गाउँन सुरुगरेको यो गीत २०३६ मा आएर पुराभयो । अहिले पनि उनि सुनाउँछन ‘मलाई यस गीत भित्रको यहि शब्द सबैभन्दा बढी मनपर्छ । र अलि कम मन पर्ने शब्द भने त्यहि नारिलाई होच्याउने शब्द नै हो । ’ पुर्वक्षेत्रको लोकलयमा संगीत भरिएको यो गीत जब उनि गाउन सुरुगर्छन तब मान्छेहरु बडो प्रफुल्ल भएर नाच्न सुरु गरि हाल्छन् ।  तर यि ७६ बर्षे जेवीको हाउभाउलाई राम्रो संग ख्याल गर्ने हो भने, उनलाई कम मनपर्ने शब्द गाउँदा उनको जोस कम हुने, र जब उनलाई एकदमै मनपर्ने शब्द गाउँन थाल्छन तब उनि एकदमै जोसिलो देखिन्छन । 

If you have any Interesting story, then share with us. Register Here

Leave a Comment Login


About Us

Pageutter is the platform that allows users to express their views, ideas, and thoughts. It is only the place to express or share individual thoughts and passion with words. Pageutter is a stage for every individual from the professional writers t...

Read More

Terms and Conditions

By accessing this web site, you are agreeing to be bound by these web site Terms and Conditions of Use, all applicable laws and regulations, and agree that you are responsible for compliance with any applicable local laws. If users do not agree wi...

Read More