शिक्षामा आर्थिक लगानी कसको र किन ?

Category Type: Article,   May 30, 2018   Gopal khadka (Views: 1710)

Likes: 0

शिक्षामा आर्थिक लगानी कसको र किन ?

वर्तमान परिप्रेक्ष्यमा बढ्दो शैक्षिक वेरोजगारी देशको लागि रोग भएको छ । राष्ट्रको शैक्षिक लगानी दिन प्रतिदिन जोखिममा पर्दै गइरहेकोमा सबैको चिन्ताको विषय बन्नु स्वाभाविक हो । यसको मारमा विशेषत् अभिभावक र विद्यार्थी परेका छन् ।

त्यतिमात्र नभएर यस्को प्रभाबले गर्दा राष्ट्र गरिब भइरहेको छ । शिक्षाको बजार र विषयगत शैक्षिक उत्पादनमा असन्तुलन बढ्दो छ । यसको असरले गरिब अभिभावकहरुको उच्च शिक्षाको लगानीमा रुचि घट्दोछ र जोखिम मोल्न सकिरहेको छैनन् । प्राविधिक विषयमा गरिब विद्यार्थीको पहुँच छैन ।

उच्च शिक्षा प्राप्त शैक्षिक बेरोजगारहरुको ताँती खाडी मुलुकका लागि भिसा लगाउन मेनपावरमा छ । जीवन भरिको अभिभावकको लगानीको प्रतिफल को त कुरै छाडौं, क्षतिपूर्ति पनि पाउन सकेको अवस्था छैन । शिक्षा क्षेत्रका सरोकारवालाहरु यत्तिखेर खास बहसमा आउन रुचाईरहेका छैनन् ।

अर्को समूह राजधानीका चिया पसलमा र कोठाहरुमा, यो ज्वलन्त समस्याको बारेमा विचार मन्थन गर्न लागिपरेका छन । यो रुचि भन्दा पनि उनीहरुको विवशता हो । नैराश्यता बिसाउने चौतारी हो ।

हाम्रा शैक्षिक उत्पादनहरु खाडी मुलुकमा तल्लोस्तरको मजदुरका लागि किन निर्यात भैरहेको छ ? हुनसक्छ यसमा बजार र शैक्षिक उत्पादन तालमेल नखानु हो । किन कि लोकसेवा आयोगले प्रकाशित गरेको प्राविधिक बिषयको विज्ञापनमा आवेदन नपर्नु वा परे पनि न्यून संख्यामा परेको देखिन्छ । अर्कोतिर न्यून माग संख्यामा पनि लाखौं युवाहरुको आवेदन परेका छन । माग र आपूर्तिको सिद्धान्तशिक्षामा लागु हुन सकेको देखिदैन ।

यस्तो विषम परिस्थितिमा शैक्षिक लगानी र सरोकार विषयले बहसको रुवमै प्रवेश गर्नु सान्दर्भिक हुनसक्छ । प्रत्यक्ष रुपमा आर्थिक पक्षको हिसावले शैक्षिक लगानीका आयामहरु तिन वटा छन । जसमा सरकार, अभिभावक र विद्यार्थी रहेका छन । त्यसमा पनि आर्थिक भार बढी अभिभावक र सरकारले वेहोरेका छन । अनुदानलाई नाफा र नोक्सानबाट हेर्न उपयुक्त नहोला भन्दै यसलाई ओझेलमा पारेकोमा क्षमा प्रार्थी छु ।

प्रसंग लगानी कै हो । जिम्मेवारी कसको हो ? भन्ने प्रश्न हो । अभिभावकको पक्षबाट हेर्ने हो भने उसले जन्माउने, हुर्काउने, बढाउने र पढाउने समकालीन समाजको यथार्थ चित्र र अभ्यास हो । यति धेरै कर्तव्य र भूमिका निभाउदा निभाउदै पनि असन्तुष्टिको बोझ टाउको भरि बोक्नु परेको छ । सरकारको लगानी केलाउने हो भने पैसा खनाउने तर उत्पादन प्रति उत्तरदायित्व ननिभाउने र व्यवस्थापनमा कमजोर सोच र कार्यको पराकाष्ठा छ । बजार विश्लेषण र अनुसन्धानमा प्राय शुन्य प्रगति छ । बजार विस्तारको ठोस कार्ययोजनाको त पुर्ण अभाव छ ।

सामान्य त् अभिभावकले वैवाहिक जीवन पछिको समय र लगानी आफ्नो छोराछोरीलाई गरिरहेका हुन्छन् ।  आफ्नो खुशी र आफ्नो जिन्दगीको बारेमा सोच्न भुलिसकेका हुन्छन् । बाँकी जीवन आफ्नो आधा पेट काटेर खुशी ,खुशी छोराछोरीको शिक्षामा लगानी गर्छन् । सामन्य हिसाबले सहि नै होला तर प्रतिफलको हिसाबमा उनीहरुले के पाउछन् ? सरकारले त एक योग्य दक्ष नागरिक पाउछ । छोराछोरीले पनि आफूलाई सवल र सक्षम भै आफ्नो खुट्टामा उभिएको पाउँछन् । विडम्बना अभिभावक एउटा माकुरा र गङ्गटा सरि बन्नपुग्छन् । उहाँहरुको सहानुभूति, संवेदना र समर्पणलाई केबल मात्र कर्तव्य हो भनि सजिलै थोपरी दिन्छौ ।

शिक्षा विद्हरुको पनि शिक्षा शशुल्क र निशुल्क विषयमा अभिमतको दोहोरी चलेको छ । तर्कहरु मिडिया र सेमिनारमा पढ्न र सुन्न पाइन्छन् । वस्तु स्थिति र समाजको हल्का अध्ययनले कुनाकन्दरा र दूरदराजसम्म क्षितिज विस्तार भएन कि ? शिक्षालाई शशुल्क गर्नुपर्छ भनिराख्दा झस्केर सतार, धिमाल, चौधरी, आदि गाउको दाजुभाइहरुको याद आयो । जहाँ जाडोले मान्छे मर्छन र पाँच महिना वर्षामा माछा नमारी छाक टर्दैन । शिक्षाको कुरा त परै जाओस । अझ यसले सामाजिक विभेद र अन्धविश्वास मौलाउदै छात्रा भर्ना संख्यामा भारी गिरावट आउनेछ । गरिव सबै भूगोलमा छन्, व्यथा एउटा छ मात्र कुन् शीर्षकमा भन्ने फरक होला । त्यसैले अभिभावकलाई शिक्षा बोध गराउने नाममा आर्थिक बोझ नबोकाउ । होइन भने शिक्षाले नै समाजमा विद्यमान विभेदलाई अझ बलियो बनाईदिनेछ ।

वस्तुगतरुपमा हेर्ने भने शिक्षा उत्पादनबाट आयकर सरकारले लिन्छ । दक्ष जनशक्ति सरकारलाई चाहिन्छ । दक्ष जनशक्तिको नाम पनि राष्ट्रसंगै जोडिएर आउछ ,जस्तैः युरोप र अन्य विकसित देशहरु । समृद्ध राष्ट्र बनाउने अभियानमा राष्ट्रले लगानी र कर्तव्यमा आफ्नो भुमिका खेल्न सक्नु पर्छ ।शत प्रतिशत सरकारको लगानी हुनुपर्छ । अभिभावक र समाजको सहयोगी हात लिनुपर्छ ।सरकारले विद्यार्थीलाई आर्थिक रुपले सम्पन्न गराएर अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ । आर्थिक रुपले सम्पन्न विद्यार्थी भएमा मात्र उनीहरुले स्वछन्द आफ्नो प्रतिभाको प्रस्फुटन गर्न सक्छन । स्वस्थ शैक्षिक वातावरण सिर्जना गर्न सकिन्छ । विद्यार्थी भर्ना र साक्षरता दर बढाउन सकिन्छ । सरकारको खरबौं लगानी , वार्षिक बजेट, मानवस्रोत र भौतिक साधन जस्तैः शिक्षा कार्यालय तथा विद्यालय र जमिनको प्रयोगलाई फरक ढंगले प्रयोग गरौ । धेरै भन्दा धेरै अर्थ संकलन गरौ । उक्त साधनस्रोतबाट प्राप्त अर्थलाई समान टाउको गन्तीका हिसाबले वितरण गरौ । यसले शिक्षा क्षेत्रमा कायापलट आउनेछ । अव उप्रान्त अर्थ नै शैक्षिक गुणस्तर खस्किने र बढोत्तरि हुने कारण नबनोस । विद्यार्थीको पढाई प्रति उत्प्रेरणा जगाउन पास हुने बितिकै पुरस्कार दिनुपर्छ । जागिर ढिलो हुने हुँदा त्यसको सट्टामा दश दिन भित्रै अनुदान दिनुपर्छ ।

धन्यवाद 

If you have any Interesting story, then share with us. Register Here

Leave a Comment Login


About Us

Pageutter is the platform that allows users to express their views, ideas, and thoughts. It is only the place to express or share individual thoughts and passion with words. Pageutter is a stage for every individual from the professional writers t...

Read More

Terms and Conditions

By accessing this web site, you are agreeing to be bound by these web site Terms and Conditions of Use, all applicable laws and regulations, and agree that you are responsible for compliance with any applicable local laws. If users do not agree wi...

Read More